ल्यान्डलाइन र पोस्टपेड मोबाइलको शुल्क घट्यो

ल्यान्डलाइन र पोस्टपेड मोबाइलको शुल्क घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन (पीएसटीएन) र पोस्टपेड मोबाइल सेवाको शुल्क घटाएको छ ।

अब एक हजार ६ यस ३५ रुपैयाँमा ल्यान्डलाइन टेलिफोन र ९४५ रुपैयाँमा पोष्टपेड मोबाइल सेवा लिन सकिने टेलिकमले जनाएको छ ।यसअघि स्थानीय टेलिफोन २ हजार २०० रुपैयाँ र पोस्टपेड मोबाइल फोन लिन १ हजार ५१० रुपैयाँ तिर्नुपर्थ्यो ।

त्यस्तै टेलिकमले टेलिफोन नामसारी गर्दाको शुल्क पनि घटाएको छ।  यसअघि टेलिफोन नामसारी गर्दा एक हजार २४३ रुपैयाँ बुझाउनुपर्थ्यो । अबदेखि ६७८ रुपैयाँ मात्र भुक्तानी गरे पुग्ने भएको छ ।

Logo