सावधान ! के तपाई ‘फेस एप’ प्रयोग गर्दै हुनुहुन्छ ?

सावधान ! के तपाई ‘फेस एप’ प्रयोग गर्दै हुनुहुन्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला बुढो हुँदा कस्तो देखिन्छ भन्ने तस्बिर देखाउने ‘फेस एप’ सामाजकि सञ्जालमा भाइरल भएको छ । विश्वभर नै यो एप एक सातामै १० करोड भन्दा बढीको मोवाईलमा डाउनलोड भएको छ । नेपालमा पनि यसको चर्चा निकै बनेको छ ।

यसको प्रयोग जुन रुप्मा बढिरहेको त्यही रुपमा यसको जोखिम उत्तिकै बढी छ । यो एप ह्याकरहरुले निर्माण गरेका हुन् । र उनीहरुले तपाईका हरेक डेटाहरु चोर्ने जोखिम बढी हुन्छ । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुको भनाई छ । अब प्रयोग नगर्न सचेत गराएका छन् ।

यदि तपाईको ‘इन्स्टाग्राम स्टोरीज’ वा ‘ट्वीटर फीड’मा ती व्यक्तिहरुले भरिएका छन् जसले आफ्नो वर्तमान उमेर भन्दाबढी बढी र स्मार्ट देखाउन चाहेका छन्, तिनीलाई आफ्नो अनुहार देखाउन तपाईले ‘फेसएप’ लाई धन्यवाद दिन सक्नु हुनेछ। यसका साथै सुरक्षा चुनौतिको सामना गर्न भने तपाई आफै तयार हुनुपर्छ ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)’ का साथ अहिले फेरि भाइरल बनेको छ ।

प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका हुन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ। एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ। यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ।

यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ। यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्। ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गर्दै लेखेको समाचारमा ‘फेस एप’ मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको जनाएको छ ।

Logo