फेसएपमा सुरक्षा चुनौती, प्रयोग नगर्न विज्ञहरुको सुझाव

फेसएपमा सुरक्षा चुनौती, प्रयोग नगर्न विज्ञहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बुधबार सामाजिक संजाल फेसबुकमा फेसएपको आतंक नै देखियो ।बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ। यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरु बढ्दै गएका छन्। यदि तपाईको ‘इन्स्टाग्राम स्टोरीज’ वा ‘ट्वीटर फीड’मा ती व्यक्तिहरुले भरिएका छन् जसले आफ्नो वर्तमान उमेर भन्दाबढी बढी र स्मार्ट देखाउन चाहेका छन्, तिनीलाई आफ्नो अनुहार देखाउन तपाईले ‘फेसएप’लाई धन्यवाद दिन सक्नु हुनेछ। यसका साथै सुरक्षा चुनौतिको सामना गर्न भने तपाई तयार हुनैपर्छ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो । विश्वका केही चर्चित स्टारसहितका कयौं प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए। प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ।

प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन्। उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ। एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ। यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ। यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ। विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्।’
कान्तिपुरबाट

Logo