सरकारले आर्थिक विधेयकमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत १३ प्रतिशत रकम असुल गर्ने ब्यबस्था ल्याएको थियो । "/>

इन्टरनेटको शुल्क बढ्यो, एनटिसीको यथावत

इन्टरनेटको शुल्क बढ्यो, एनटिसीको यथावत

केन्द्रबिन्दु
0
Shares

इन्टरनेटको शुल्क आज (साउन १) देखि वृद्धि भएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ देखि १३ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेका हुन् ।

सरकारले आर्थिक विधेयकमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत १३ प्रतिशत रकम असुल गर्ने ब्यबस्था ल्याएको थियो । त्यसले ग्राहकलाई प्रत्यक्ष असर पर्ने भन्दै नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो । तर, सरकारले नियमावली स‌ंशोधन नगरेपछि ब्यबसायीले ग्राहकबाटै शुल्क उठाउने निर्णय गरेका हुन्।

टेलिकमको यथावत 

नेपाल टेलिकमले भने इन्टरनेट सेवाहरुको शुल्क यथावत रहने जनाएको छ ।

‘नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महसुल दरमा कुनै वृद्धि गरेको छैन ।’ टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले ‘समर अफर’ मार्फत इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको जनाएको छ ।

Logo