भोलि (साउन १) देखि इन्टरनेटको शुल्क वृद्धि हुने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ देखि १३ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेका हुन् । "/>

भोलिदेखि इन्टरनेटको शुल्क बढ्ने

भोलिदेखि इन्टरनेटको शुल्क बढ्ने

केन्द्रबिन्दु
0
Shares

भोलि (साउन १) देखि इन्टरनेटको शुल्क वृद्धि हुने भएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ देखि १३ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेका हुन् ।

सरकारले आर्थिक विधेयकमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत १३ प्रतिशत रकम असुल गर्ने ब्यबस्था ल्याएको थियो । त्यसले ग्राहकलाई प्रत्यक्ष असर पर्ने भन्दै नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो । तर, सरकारले नियमावली स‌ंशोधन नगरेपछि ब्यबसायीले ग्राहकबाटै शुल्क उठाउने निर्णय गरेका हुन्।

अब ग्राहकले आफुले तिर्दै आएको रकममा १३ प्रतिशत अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।

Logo