नेपालको इन्टरनेट तार समुन्द्रसम्म जोड्ने तयारी

नेपालको इन्टरनेट तार समुन्द्रसम्म जोड्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेटका लागि नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै तार बिछ्याउने तयारी गरेको छ । त्यसको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले ५ स्वदेशी कम्पनी छनोट गरेको छ । प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म इन्टरनेट बिछ्याएर भरपर्दो बनाउन अध्ययन गराउन लागेको हो ।

‘प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधा अन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटको तार बिछ्याउन परामर्शदाता माग गरेको थियो’ ,प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘माग गरेको आवेदनमा सुरुमा ७ कम्पनीको आवेदन परेको थियो । आवेदन मध्ये उत्कृष्ट ५ कम्पनीलाई सर्टलिस्ट गरिएको छ ।’

सर्टलिस्टमा परेका कम्पनीको आर्थिक र प्रशासनिक प्रस्तावको अध्ययनपछि एक कम्पनी छनोट गरी अध्ययनका लागि जिम्मा दिने अर्यालले जानकारी दिए । परामर्शदातले समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको सम्भाव्यता अध्ययन गर्नेछ ।

यसका लागि प्राधिकरणले चालु आवको बजेटमै ५० लाख रुपैयाँ छुट्याएको थियो । परामर्शदाताले समुन्द्रसम्म नेपालबाट सीधै इन्टरनेट जोड्न भरपर्दो, सस्तो र प्रभावकारी वैकल्पिक उपाय पहिचान गर्ने, भूपेरिवेष्ठित मुलुक अपनाउँदै आएको अन्तर्राष्ट्रिय प्रचलनको अध्ययन गर्ने अर्याल बताउँछन् ।
अन्नपूर्णबाट

Logo