साइबर सुरक्षा केन्द्र संचालनमा, वेबसाइटहरु अनुगमन गरिने

साइबर सुरक्षा केन्द्र संचालनमा, वेबसाइटहरु अनुगमन गरिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा आएको छ ।

बुधबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरेका हुन् । पहिलो चरणमा नेपाल भित्र चलिरहेका डट कम र डट एनपी का साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र संचालनमा आएको बताइएको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ । साथै इन्टरनेट प्रोटोकल पछ्याउदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ ।

उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्ने पनि जानकारी दिए ।

यो अनुगमन केन्द्रको स्थापना पछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ । यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्ने छ ।

Logo