मोबाइल मेलामा एसईईका विद्यार्थीलाई ५० प्रतिशत छुट

मोबाइल मेलामा एसईईका विद्यार्थीलाई ५० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसईईको परीक्षाफल सार्वजनिक भएसँगै यस्तो अफर अघि सारेको हो । राजधानीका तीन स्थानमा सञ्चालन मोबाइल मेला चलिरहेको छ । उक्त मेलामा मोबाइलसँगै ल्यापटप पनि किस्ताबन्दीमा उपलब्ध गराईनेछ ।

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुईं तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका हुन् ।

एसईई परीक्षार्थीलाई नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइल किन्दा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लसलगायत ब्राण्डका विभिन्न मोडलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

विद्यार्थीहरुले किस्ताबन्दीमा पनि विभिन्न ब्राण्डका मोबाइल किन्न सक्नेछन् । एसईईका परीक्षार्थीलाई लक्षित गर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ । अब मेला असार मसान्तसम्म चल्नेछ ।

यसका साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निःशुल्क पाउनेछन् । साथै सिनेमा टिकट लगायतका अफरहरु राखिएको छ । ६ सय ५० रुपैयाँमा किप्याड मोबाइल किन्दा पनि उल्लेखित अफरमा सहभागि हुन सकिनेछ ।

Logo