विदेशी च्यानलहरु बन्द

विदेशी च्यानलहरु बन्द

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो ।

तर, विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारणमा रोक लगाइएको छैन ।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ । क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय डिटीएच का सेटअफ बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ ।

भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ ।

Logo