@PRCAmbNepal हो । "/>

चिनियाँ राजदूत पनि ट्वीटरमा

चिनियाँ राजदूत पनि ट्वीटरमा


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सामाजिक सन्जाल ट्वीटरमा जोडिएकी छन् ।

उनको ट्वीटर ह्याण्डल @PRCAmbNepal हो । उनले पहिलो पटक दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एण्ड रोड सम्बन्धी एक गोष्ठीमा सहभागी भएको तस्वीरसहित आफ्नो संक्षिप्त भनाइ ट्वीट गरेकी छन् । यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले छिमेकी र दक्षिण एसियाली देशहरुको सामाजिक तथा आर्थिक विकासका लागि चीनले साझेदारी गर्ने उल्लेख गरेकी छन् ।

केही समयअघि मात्रै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा ‘राजदूतसँग गफगाफ’ भन्ने कार्यक्रम सुरू गरेका  थिए।

 

Logo