वैज्ञानिकहरुले पत्ता लगाए पृथ्वीभन्दा ३ गुणा बढी ठूलो ग्रह

वैज्ञानिकहरुले पत्ता लगाए पृथ्वीभन्दा ३ गुणा बढी ठूलो ग्रह


एजेन्सी । खगोल वैज्ञानिकहरुले एउटा नयाँ ग्रह पत्ता लागेको दाबी गरेका छन् । उक्त ग्रहले सूर्यलाई नभइ अरु ताराको वरिपरी परिक्रमा गर्दै आएको वैज्ञानिकहरुको दाबी छ । यो ग्रहको विलक्ष्ण भएकाले यसलाई वैज्ञानिकहरुले ‘फरबिडन प्लानेट’ नाम दिएका छन्।

यो ग्रहको नजिकमा एनजीटीएस-४ रहेको छ । यो ग्रहको आफ्नै वायुमण्डल रहेको छ । तर मर्करीभन्दा पनि धेरै गर्मी हुन्छ। यसको बारेमा मन्थली नोटिस अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी नामक जर्नलमा प्रकाशित गरिएको छ।

यो ग्रह नप्च्यूनियन डेजर्टमा भेटिएको हो। यो क्षेत्रमा धेरै गर्मी तथा रेडिएशन यति धेरै छ की ग्‍यास वायुमण्डवाला ग्रहले यसमा आफ्नो अस्तित्व नै बचाउन सक्दैनन्।

रेडिएशनकै कारण यो ग्रहमा आफै विस्फोट हुन्छ र त्‍यहाँ केही चट्टान मात्रै बाँकी रहन्छ । तर यो ग्रहको ग्‍याँसको वायुमण्डलसँगै जीवन बाँच्‍न सक्‍ने सम्भावनालाई निक्कै चुनौती रहेको वैज्ञानिकहरुको भनाई छ।

यो ग्रहमा पृथ्वीभन्दा ३ गुणा बढी ठूलो रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । यो ग्रह पृथ्वीभन्दा ९२० प्रकाश वर्ष टाढा रहेको छ । यसमा १८३२ डिग्री फरेनहाइट तापक्रम रहेको छ। तर यो ग्रह नेप्च्यूनभन्दा २० प्रतशत सानो छ ।

Logo