त्रिभुवन विमानस्थलमा ‘इडुरोम’ सञ्चालनमा

त्रिभुवन विमानस्थलमा ‘इडुरोम’ सञ्चालनमा

केन्द्रबिन्दु
784
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘इडुरोम’ सञ्चालनमा आएको छ।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट ‘इडुरोम’ सञ्चालनमा ल्याएको हो।

यो सेवा विश्वविधालयका वैज्ञानिक अनुसन्धानसम्बन्धि संस्था, उच्च शिक्षक तथा विधार्थीलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर् बाट इन्टरनेट पहुँच स्थापना हुने सेवा भएको एनरेनले जनाएको छ।

हाल विश्वका ११० भन्दा बढी देशका इडुरोम सेवा उपलब्ध रहेको र विश्वभर लाखौँभन्दा बढी इडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन्। इडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन धेरै भन्दा धेरै स्थानहरू जस्तै लाइब्रेरी, म्युजियम, सार्वजनिक स्थान, रेलवे स्टेसन, एयरपोर्ट तथा कफी शपहरूमा पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको इडुरोमले जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलभित्र जडान गरिएका ६० वटाभन्दा बढी एक्सेस पोइन्टबाट इडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिने एनरेनको दाबी रहेको छ।

Logo