डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड

डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो।

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो। निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ।

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअपलगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ।

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रसिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ। क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको छ।
सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवा प्रवाह गरेको डेटा हबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटा हबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ। कम्पनीले ५० जना बढीलाई रोजगारी दिइरहेको छ।

Logo