फेसबुकपछि इन्स्टाग्रामबाट ४ करोड ९० लाखको डाटा चोरी

फेसबुकपछि इन्स्टाग्रामबाट ४ करोड ९० लाखको डाटा चोरी


एजेन्सी । अहिलेसम्म हामीले फेसबुक ह्याक गरिएको भन्ने सुन्दै आएका छौं । फेसबुक ह्याक गरेर महत्वपूर्ण दस्ताबेज पनि लिक हुने क्रम कुनै नयाँ घटना होईन् । तर ह्याकरले इन्स्टाग्रामलाई निै निशानामा पारेका छन् । इन्स्टाग्रामबाट विभिन्न डाटा चोरी भएका छन् ।

एक रिपोर्टका अनुसार इन्स्टाग्रामबाट लाखौँ ठूला र प्रभावशाली व्यक्तिहरुको पर्सनल डाटा चोरी भएको हो । इन्स्टाग्राम पनि ह्याक भएपछि अहिले सबै चकित परेका छन् । तर अहिलेसम्म कसले ह्याक गर्यो र कसरी ह्याक भयो भन्ने कुरा खुल्न सकेको छैन । टेक क्रञ्चले दिएको जानकारीका अनुसार विभिन्न देशका प्रभावशाली व्यक्तिहरु नै पहिलो शिकार बनेका छन् ।

टेक क्रञ्चले एक रिपोर्ट जारी गर्दै ४ करोड ९० लाखको डाटा चोरी भएका छन् । शिकार हुनेमा फुड ब्लगर्स देखि सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु रहेका छन् । रिपोर्टले दाबी गरे अनुसार प्रयोकर्ताको ह्याक भएका डाटामा फलोअर्सको संख्या, समग्र जानकारी, पब्लिक डाटा, प्रोफाइल पिक्चर, लोकेशन तथा पर्सनल कन्ट्याक्टको बारेमा जानकारी लिएको पुष्टि भएको छ ।

यसबारे समाचार छाप्ने बित्तिकै वेब डेवलपमेन्ट कम्पनीले जानकारीको डाटा अफ गरिदिएको थियो । वेब डेवलपमेन्ट कम्पनी एक कन्टेन्टको जानकारी दिन मद्दत गर्ने चिटरबक्स हो । इंस्टाग्रामका प्रवक्ताले त्यसबारे अनुसन्धान भैरहेको बताएका छन् । ‘हाम्रो नियमको उल्लंघन गर्दै कसले अनुचित तरिकाले इन्स्टाग्राम डाटा संग्रहित गरेको हो हामी त्यसको अनुसन्धान गरिरहेका छौं’ प्रवक्ताले भने ।

Logo