नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी गर्न नपाइने

नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी गर्न नपाइने


नेपालमा वीच्याट र अलिपेबाट भुक्तानी  गर्न नपाइने भएको छ।

नेपाल राष्ट्र बैंकले दर्ता नभएका विदेशी भुक्तानी सेवा प्रदायकबाट आर्थिक कारेबार नगर्न नेपाली व्यवसायीलाई सचेत गराएको हो । सोमबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त क्रियाकलाप भएको पाइएमा कारोवारीलाई विदेशी विनिमय ऐन, २०१९ अन्र्तगत कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

दर्ता नभर्ई पीओएस मेसिन, क्यूआर कोड स्क्यानरजस्ता पद्धति प्रयोग गरी भुक्तानी गर्नु गैरकानूनी भएकोले, उक्त करोवार बन्द गराईएको बैंकको भनाइ छ । प्रायजसो चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी एप्लिकेशनको प्रयोग गरी नेपालमा सेवा लिने गरेका छन् । काठमाडौंका विभन्न पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, गेस्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेको पाइएपछि बैंकले सुचना जारी गरी उक्त क्रियाकलप निषेध गरेको हो ।

यसरी भुक्तानी गर्दा नेपालमा कारोबार नदेखिने भएकाले करसमेत छलि हुने गरेको छ ।

Logo