चन्द्रमामा गयो ५ रेक्टर स्केलको भूकम्प

चन्द्रमामा गयो ५ रेक्टर स्केलको भूकम्प


एजेन्सी । तपाईलाई लाग्न सक्छ पृथ्वीमा मात्र भुइँचालो जान्छ । तर तपाई गलत सोचाईमा हुनुहुन्छ । पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको छ । अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको जनाएको छ ।

चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको म्युजियमले जनाएको छ । अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमको दाबी छ । केही चकम्प ५ रेक्टर स्केलसम्मका पनि छन् ।

चन्द्रमा सहतमा एउटा सतह अर्कोमाथि खप्टिइरहेको फल्ट । तस्बिरः नेचर जियोसाइन्स जर्नल

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टमा चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेको म्युजियमका वैज्ञानिक टमस वेटर्सले जनाएका छन् । एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।

यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको दाबी छ । यस्ता फल्ट भर्‍याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन् । यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन् ।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको उनको दाबी छ । नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी दिएको उनको भनाई छ ।

Logo