चीनले सञ्चालनमा ल्यायो रोबोटले चलाउने बस, यात्रुसँग पनि कुरा गर्ने

चीनले सञ्चालनमा ल्यायो रोबोटले चलाउने बस, यात्रुसँग पनि कुरा गर्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चीनले स्वचालित ‘पाण्डा बस’ सञ्चालनमा ल्याएको छ । प्रविधिले दिन प्रतिदिन छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्‍चालनमा ल्‍याएको हो ।

डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्‍चालनमा ल्याएको घोषणा गरिएको हो । १२ मिटर लामो उक्त स्वचालित बसमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।

यसका साथै यात्रुसँग कुरा गर्न सक्‍ने ‘भ्वाइस इन्टरएक्सन’, आपत्तकालिन द्वार प्रणाली लगायत सबैमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Logo