अब फेसबुकको भिडियो च्याट एप बन्द हुने

अब फेसबुकको भिडियो च्याट एप बन्द हुने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । फेसबुकको भिडियो च्याट एप बन्द हुने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्न लागिएको फेसबुकले जनाएको छ ।

बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् । फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।

Logo