‘आइसिटी डे’ मा आइसिटी अवार्ड वितरण

‘आइसिटी डे’ मा आइसिटी अवार्ड वितरण

केन्द्रबिन्दु
0
Shares

‘डिजिटल नेपाल विकास र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ मे २ अर्थात् आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईएको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा ‘नेसनल आइसिटी अवार्ड २०१९’ अन्तर्गत विभिन्न चार क्याटोगरिमा अवार्ड वितरण गरिएको छ । सूचना प्रविधिको क्षेत्रमा उल्लेखनिय काम गरेका विभिन्न कम्पनीहरु तथा व्यक्तिमध्येबाट छनौट गरेर भिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डका लागि आवेदन दिएका कम्पनी र व्यक्तिमध्येहरुबाट निर्णायक समुहले मनोनयन सुची तयार पारेको थियो । नेसनल आइसिटी इनोभेसन अवार्ड २०१९, नेसनल आइसिटी अवार्ड पब्लिक सेक्टर २०१९, नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०१९ तथा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०१९ शिर्षकमा प्रत्येक विधामा ३ कम्पनी तथा व्यक्ति मनोनयनमा परेका थिए ।

नेपाल सरकारले उत्कृष्ट भनेर छनौट गरेका मनोनयन सुचीका कम्पनीहरु र त्यसबाट विजेता बनेकाहरुको नेपाली सूचना प्रविधि क्षेत्रमा कत्तिको योगदान छ भन्ने कुरा विवादित देखिएको एक सूचना प्रविधि विज्ञले बताए । जो जसले अवार्ड पाउनु भएको छ, उहाँहरुलाई नै सोध पनि थाहा हुन्छ, उहाँहरुले नेपालको सूचना प्रविधिको विकासको लागि के कति योगदान गर्नुभएको छ भनेर, उनले थपे ।

निर्णायक समितिका एक सदस्यले भनें नेपाली सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेका केहि कम्पनी र व्यक्तिहरुलाई समेट्न नसकिएको बताए । उनले भनें, केहि नयाँ इनोभेटिभ कन्सेप्टमा काम गरेका संस्था र व्यक्तिलाई हामीले समेट्नुपथ्र्यो । तर त्यो सकिएन् ।

नेशनल आइसिटी इनोभेसन अवार्ड २०१९ अन्तर्गत स्प्यारो पे प्राइभेट लिमिटेड, सेल एप प्राइभेट लिमिटेड, पाइला टेक प्राइभेट लिमिटेडमध्येबाट पाइला टेकले अवार्ड हासिल गरेका थिए । यस्तै नेसनल आइसिटी अवार्ड पब्लिक सेक्टर २०१९ अन्र्तगत आइआरडि (आन्तरिक राजस्व विभाग), नेपाल पुलिस, नेपाल आर्मीमध्येबाट नेपाल पुलिसले अवार्ड हात पार्न सफल रहयो ।

नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०१९ अन्तर्गत वल्र्ड लिंक, हुवावे टेक्नोलोजिज नेपाल, सुबिसु केबलमध्ये वल्र्ड लिंक उत्कृष्ट ठहरियो । यस्तै नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०१९ मा डा. गजेन्द्र शर्मा, कुसुम लामा र इन्जिनियर सुरेश कुमार कर्ण मनोनयनमा थिए । एक्सिलेन्स अवार्ड २०१९ प्राप्त गर्न इन्जिनियर कर्ण सफल भए । ५० हजार नगद सहित कदरपत्रका साथमा सबै अवार्ड विजेतालाई संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसकेको र नेपाल डिजिटल नेपाल तर्फको यात्रामा अगाडि बढेको बताएका थिए । प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिए पनि अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, क्यानका अध्यक्ष हेमन्त चौरासिया, आईजीपी सर्वेन्द्र खनाल, प्रधानमन्त्रीका सल्लहाकार राजन भट्टराई, विष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो ।

Logo