नेपालले प्रक्षेपण गर्यो पहिलो भू-उपग्रह (लाइभ)

नेपालले प्रक्षेपण गर्यो पहिलो भू-उपग्रह (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्‍जिनियरिङमा स्‍नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड ३’ परियोजना अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट १’ नामको भू-उपग्रह प्रक्षेपण गरिएको हो ।

उक्त भू-उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ । नेपालसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ ।लाइभ भिडियो :

अमेरिकाको भर्जिनियाबाट यसरी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ पठाइयो नेपालको स्याटेलाइट बोकेको अन्तरिक्ष यान । अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु पनि पठाइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले नेपालको स्याटेलाइट सहित ७६ सय पाउण्ड सामाग्रीहरु शुक्रबार विहान प्राप्त गर्नेछन् । भिडियो श्रोत नासा

Posted by Radio kutumba 97.8 mhz on Wednesday, April 17, 2019

Logo