एनटिसीको १४ अफर: सोसियल मिडिया प्याकदेखि अनलिमिटेड प्याकसम्म

एनटिसीको १४ अफर: सोसियल मिडिया प्याकदेखि अनलिमिटेड प्याकसम्म

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमले आजदेखि स्प्रिङ अफर ल्याएको  छ। भ्वाइसदेखि डेटासम्मका विभिन्न प्याकेजसहितको अफरमा उपभोक्ताले केके पाउछन ?

१. एक घण्टा अनलिमिटेड प्याक
यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा दश मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ ।

२. अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।
अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको छ ।

३. डे डाटा प्याक
डे डाटा प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने छ ।

४. १ जीबी पर डे डाटा प्याक
यस प्याक अन्तर्गत ४५ रुपैयाँमा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै २५० रुपैयाँमा ७ दिनका लागि ७ जीबी र ८५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

५. नाइट डाटा प्याक

नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि ९ रुपैयाँमा १२५ एमबी र ७ रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

६. अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातका लागि १५ रुपैयाँमा र ७ रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याक अन्तर्गतको डाटा राती ११ बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ ।

७. सोसियल मिडिया प्याक
सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा १ दिन, ३० रुपैयाँमा १५० एमबी डाटा ३ दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुनेछ ।

८. डाटा स्ट्रिमिङ प्याक 
डाटा स्ट्रिमिङ प्याक अन्तर्गत १२ रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपैयाँमा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपैयाँमा ९०० एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुने छ ।

९. अल टाइम भ्वाइस प्याक
अल टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँ देखि ५०० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत १४ मिनेट देखि ११०० मिनेट सम्मका भ्वाइस प्याक खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिन देखि ४२ दिन सम्म हुनेछ । भ्वाइस प्याकको रुपमा एक दिनका लागि १२ रुपैयाँको १४ मिनेट, ३ दिनका लागि ३० रुपैयाँको ४० मिनेट, ७ दिनका लागि ६० रुपैयाँको ७५ मिनेट, २८ दिनका लागि २४० रुपैयाँको ४९० मिनेट र ४२ दिनका लागि ५०० रुपैयाँको ११०० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा १ दिनका लागि ४० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि १९० मिनेटको इकोनोमी प्याक समेत उपलब्ध गराइएको छ ।

१०. नाइट टाइम भ्वाइस प्याक
नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा १ रातका लागि ६० मिनेट, १५ रुपैयाँमा ३ रातका लागि १७० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३४० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । सो प्याक अन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र कल गर्न सकिने छ ।

११. अनलिमिटेड नाइट भ्वाइस प्याक
यस प्याक अन्तर्गत १२ रुपैयाँमा १ रातभर कम्पनीकै नेटवर्क भित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राती १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ ।

१२. डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

१३. एसएमएस प्याक 
एसएमएस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस उपलब्ध गराइने छ । त्यसैगरी १५ रुपैयाँमा ७ दिनसम्म ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म ३०० वटा एसएमएस गर्न सकिने छ ।

१४. एप डाउनलोड गर्दा निःशुल्क डाटा
कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क पाइने छ।

Logo