अदालतको स्वीकृतिपछि मात्रै ‘पब्जी’ माथि प्रतिबन्ध

अदालतको स्वीकृतिपछि मात्रै ‘पब्जी’ माथि प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय केटाकेटी विग्रिए पब्जी खेलमाथि प्रतिबन्ध लगाईदिनुपर्यो भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा लगातार निवेदनहरु आउन थाले । बढ्नो निवेदनपछि अपराध महाशाखाले यसबारे अनुसन्धान थाल्यो । बालबालिकामाथि यसले कस्तो असर गर्छ भन्दै प्रहरी मनोचिकित्ससँग परामर्श लियो ।

मनोचिकित्सले यसले बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने बताएपछि प्रहरी झन गम्भीर बन्यो । त्यसको लागि कसरी प्रतिबन्ध लगाउने भन्नेमा प्रहरी अलमलमा पर्यो । महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार लामो अनुसन्धानपछि यो खेलमा प्रतिबन्ध लगाउन माग गर्दै गत आईतबार अदालतमा निवेदन दिईयो ।

जिल्ला अदालत काठमाडौंले बन्द गर्ने अनुमति दिएपछि मंगलबार दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको महाशाखाले जनाएको छ। आपराधिक घटना सृजना गर्ने भएकाले हामीले अदालतसँग अनुमती मागेको एसएसपी सिंहको भनाई छ ।

दूरसञ्चार प्राधिकरणले पब्जी बन्द गर्न बिहिबार इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणको निर्देशनपछि नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लागेको हो ।

सञ्चारमन्त्रीको निर्देशनपछि नेपालमा PUBG खेलमाथि प्रतिबन्ध

Logo