फेसबुकले जुकरवर्गकै स्टाटसहरु डिलिट गरेपछि….

फेसबुकले जुकरवर्गकै स्टाटसहरु डिलिट गरेपछि….


फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका स्टाटसहरु डिलिट गरिदिएको छ।

फेसबुकले जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू डिलिट गरिदिएको हो । फेसबुकका प्रवक्ताका अनुसार जुकरवर्गको फेसबुक वालबाट हटे पनि ती पोस्ट कम्पनीको ब्लग र न्युज रूममा सहजै भेट्न सकिनेछ । ‘प्राविधिक त्रुटिका कारण जुकरवर्गका केही पोस्ट डिलिट भए । तिनलाई फेरि रिकभर गर्न धेरै काम गर्नुपर्थ्यो, त्यो प्रक्रिया पूरा गरे पनि पोस्ट रिकभर हुने ग्यारेन्टी थिएन । त्यसैले हामीले प्रयासै गरेनौं’ फेसबुकका प्रवक्ताले भनेका छन् ।

के कारणले पोस्टहरु डिलिट भए भन्ने बारे भने केही भनेको छैन । एजेन्सी

Logo