नासाले २ महिना टिभी र फिल्म हेर्दै सुतिदिने २४ जनालाई तलब दिने

नासाले २ महिना टिभी र फिल्म हेर्दै सुतिदिने २४ जनालाई तलब दिने


एजेन्सी । पैसा कमाउन कति परिश्रम गर्नुपर्छ त्यो त सबैलाई थाहा नै छ । रातदिन, घामपानी, दुःख सुःख नभनेर अहोरात्र खटिएपछि मात्र पैसा कमाउन सकिन्छ । तर कसैलाई तपाईले सुतेर टिभी मात्र हेर म महिनाको तलब दिन्छु भन्दा तपाई के सोच्नु होला ?

या त त्यो मान्छेले हावा गफ गर्दैछ या त बेकारमा पंगु बनाईरहेको छ । तर यो सत्य हो वैज्ञानिकहरुको संस्था नासा र युरोपियन स्पेस एजेन्सीले २ महिना टिभी र फिल्म हेर्दै सुतिदिने २४ जनालाई तलब दिने भएको छ ।

शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि ६० दिन सुतेरै बिताउने २४ जनालाई तलब दिने भएको हो । त्यसको खोजीमा उनीहरु लागेका छन् । लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा कस्तो कस्तो परिवर्तन आउँछ भन्ने विषयमा अनुसन्धान र अध्ययन गर्नको लागि उक्त परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

जर्मनीमा हुने उक्त परिक्षणको सुत्ने तरिका भने केही फरक हुनेछ । परिक्षणमा सहभागीलाई दुई समूहमा बिभाजन गरेर टाउको हल्का तल र खुट्टा माथि राखेर ६० दिनको समय बिताउनुपर्ने हुन्छ ।

हरेक प्रकारको व्यक्तिले सुतेर केही पनि गर्नुपर्ने छैन् । केवल उनीहरुको सुक्ष्म चाललाई वैज्ञानिकहरुले अध्ययन गर्नेछन् । अध्ययनकर्ता क्रिमवेल भन्छन्, ‘हामी एक व्यक्तिको लागि यात्रीहरुको शारीरिक र मनोवैज्ञानिक विशेषताहरु बारे अध्ययन गर्न चाहन्छौं । उनीहरुमा अन्तरिक्ष यात्राको क्रममा के कस्ता समस्या पर्छन् भन्ने विषयमा अध्ययन गर्छौ ।’

त्यस्तै परिक्षणमा सहभागीहरुलाई गाह्रो नहोस भनेर सुत्नको अलवा टिभी हेर्न, फिल्म हेर्न, गेम खेल्न र पुस्तक पढ्ने जस्ता सुविधाहरुको पनि व्यवस्था गरिएको छ । यसरी ६० दिन बिताउने प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात २१ लाख नेपाली रुपैयाँभन्दा बढी तलब पाउनेछन् । त्यसको लागि विज्ञापन आह्वान गरेका छन् । नासाले यसअघि पनि बेला बेला यस्तो खाले परीक्षण गर्दै आएको छ ।

Logo