इयूद्धारा गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना

इयूद्धारा गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना


एजेन्सी । यूरोपेली संघ (इयू) ले गुगलमाथि १ अर्ब ८६ करोड जरिवाना गराएको छ । प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको हो ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोग गरेकोमा लगाईएको हो । दुई वर्ष भित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको भन्दै जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।

यूरोपेली संघकी प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले यूरोपेली युनियनको एन्टी ट्रस्ट नियमविरुद्ध भएको भन्दै कारवाही गरिएको जानकारी दिईन् । उनले ब्रसेल्समा गुगलको एडसेन्स विज्ञापन कारोबारको लामो समयदेखि चलिरहेको अनुसन्धानको परिणामबारे जानकारी दिइन् ।

उनले भनिन्, ‘गुगलले एडसेन्स प्लेटफर्मलाई ब्रोकरले प्रयोग गरिरहेका वेबसाइटलाई रोक्नका लागि आफ्नो बलियो स्थितिको दुरुपयोग गरेको अनुसन्धानमार्फत पत्ता लागेको छ ।’ गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो ।

Logo