फेसबुक र इन्स्टाग्राममा अहिलेसम्मकै ठूलो समस्या

फेसबुक र इन्स्टाग्राममा अहिलेसम्मकै ठूलो समस्या


सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा अहिलेसम्मकै ठूलो समस्या आएको छ ।

बुधबार रातीदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । कतिपयको फेसबुक लग इन नै भएको छैन भने कतिपयको लग आउटमा समस्या देखिएको छ।कतै मोबाइलमा समस्या देखिएको छ भने कतै डेस्कटपमा समस्या देखिएको छ।

यो नेपालमा मात्रै नभएर बिश्वभर समस्या आएको हो। फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ। फेसबुकको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ, ‘केही प्रयोगकर्तालाई फेसबुकसँग जोडिएका एप्स प्रयोग गर्न समस्या भएको बारे हामी अवगत छौं । हामी यथाशीघ्र यो समस्यालाई सुल्झाउने कोसिस गरिरहेका छौं ।’ डिडिओएस नामक साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको जनाएको छ ।

डाउनडिटेक्टर नामको वेबसाइटले दाबी गरेअनुसार संसारभरी ११ हजार बढी प्रयोगकर्ताले फेसबुकमा समस्या व्यवहोरिरहेका छन् ।

न्यूजिल्याण्ड प्रहरीको ट्वीट

 

 

Logo