वैशाख ४ मा नेपालकाे पहिलाे भू-उपग्रह प्रक्षेपण गरिने

वैशाख ४ मा नेपालकाे पहिलाे भू-उपग्रह प्रक्षेपण गरिने


ललितपुर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो ।  फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् ।

“करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,” नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, “त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ”

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताईएको छ ।
रासस

Logo