के फेसबुक, ट्वीटर बन्द हुन लागेको हो ? सरकारले निकाल्यो यस्तो विज्ञप्ती

के फेसबुक, ट्वीटर बन्द हुन लागेको हो ? सरकारले निकाल्यो यस्तो विज्ञप्ती


काठमाडौं । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द नहुने सरकारले प्रष्ट पारेको छ । पछिल्लो समय सामाजिक सञ्जाल बन्द हुन लागेको भन्दै हल्ला फैलिएपछि सरकारले बन्द नहुने प्रष्ट पारेको हो । त्यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ती जारी गरेको छ ।

सहसचिव तथा प्रवक्ता क्रृषिराम तिवारीले जारी गरेको विज्ञप्तीमा झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको उल्लेख गरिएको छ ।

मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ । त्यस्ता गलत तथा भ्रामक सूचना आफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोर्ट, लाईक गरेको भए हटाउन वा लाईक कमेन्ट नगर्न सबैलाई सचेत गराएको छ ।

Logo