चीनको अर्को चमत्कारः गगनचुम्बी भवनमाथि विशाल ‘आकाशे पुल’

चीनको अर्को चमत्कारः गगनचुम्बी भवनमाथि विशाल ‘आकाशे पुल’


एजेन्सी । चीन संसारभर चर्चित देश हो । बेला बेला गर्ने नयाँ चमत्कारले विश्वको नजर चीनमाथि हुन्छ । चीन विज्ञान प्रविधिदेखि हरेक क्षेत्रमा संसारभन्दा कैयौ कदम अगाडि छ भन्दा फरक नपर्ला । फेरि एक पटक विश्वको ध्यान आफुतिर केन्द्रीत गरेको छ । यसले इन्जिनियरिङ क्षेत्रकै सबैभन्दा ठूलो चमत्कार गरेर संसारलाई चकित पारेको छ ।

चीनको अति अपेक्षित ‘राफल्स सिटी छोङकिङ’ परियोजना सम्पन्न हुन लागेको छ । विश्व चर्चित आर्किटेक्ट मोस साफदेले तयार गरेका यस आश्चर्यजनक ११ लाख वर्ग मिटरको संरचनाले आठवटा ठुल्ठुला टावरसँग जोडिँदै एउटा विशाल ‘स्काइ ब्रिज’ (आकाशे पुल) को रुप लिएको छ । जसलाई नै ‘होराइजेन्टल स्काइस्क्रापर’ अर्थात तेर्सो गगनचुम्बी भवनको नाम दिइएको छ।

क्रिस्टल नाम राखिएको सो आकाशेपुल २५० मिटर लामो रहेको छ भने विश्वकै सबैभन्दा उचाइमा निर्माण भएको पुल रहेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसरी निर्माण सम्पन्न भइ सार्वजानिक गरिएपछि सो आकाशेपुलमा ग्यालरी, आकाशे बगैँचा र ‘इन्फिनिटी पुल’ अर्थात समुद्र जस्तै आभास गराउने स्वीमिङ पुल र विभिन्न रेस्टुरेन्टहरु स्थापित गराइनेछ ।

त्यस्तै यस कम्प्लेक्समा २ लाख तीस हजार वर्ग मिटरको सपिङ मल, १४०० अपार्टमेन्ट, लक्जरी होटल र एक लाख ६० हजार वर्ग मिटरको आलिसान कार्यालयका लागि समेत ठाउँ राखिएको छ ।

यो कम्प्लेक्स यसै वर्ष सार्वजनिक रुपमा खुला गरिनेछ । आकाशेपुल मुनिका आठवटा टावरहरु भने चीनको परम्परागत भाँडाको आकारमा आधारित रहेर बनाईएको छ । ३.८ अर्ब डलरको लगानीमा बन्न लागेको यो सिटी ९.२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Logo