लन्डनको सडकमा पहिलो थ्री डी जेब्रा क्रसिङ, के हो थी डी जेब्रा क्रसिङ ?

लन्डनको सडकमा पहिलो थ्री डी जेब्रा क्रसिङ, के हो थी डी जेब्रा क्रसिङ ?

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । लण्डनमा पहिलो थ्री डी जेब्रा क्रसिङको सुरुवात गरिएको छ । बेलायतकै पहिलो थ्री डी जेबरा क्रसिङ पेन्ट भएर संचालनमा आएको हो । उत्तर पश्चिम लन्डनको सेन्ट जोह्न्स वुड हाइ स्ट्रिटमा पहिलो थ्री डी जेब्रा क्रसिङ प्रयोगमा आएको हो ।

सवारी साधनको गतिलाई घटाउन थ्री डी जेब्रा क्रसिङ महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । अप्टिकल इलुजनले दिने इफेक्टका आधारमा थ्री डी जेब्रा क्रसिङले बढी स्पिडमा रहेको सवारीलाई स्पिड लिमिट गर्छ ।

वेस्टमिनिस्टर सिटी काउन्सिलले एक वर्ष परीक्षणका लागि यस्तो जेब्रा क्रसिङलाई अनुमति दिएको थियो। सन् १९३० को दशकमा बेलायतबाट नै जेब्रा क्रसिङको सुरुवात भएको थियो।

काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङको परिकल्पना गरेको छ । अहिले काठमाडौं उपत्याकासहित देशैभर परम्परागत जेब्रा क्रसिङ छन् ।

उक्त जेब्रा क्रसिङमा दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि जडित हुन्छ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ ।

Logo