बैबाहिक सम्बन्धबाट दिक्क हुनुहुन्छ ? आयो ‘एक्स्ट्रा म्यारिटल डेटिङ’ एप

बैबाहिक सम्बन्धबाट दिक्क हुनुहुन्छ ? आयो ‘एक्स्ट्रा म्यारिटल डेटिङ’ एप


बैबाहिक सम्बन्धबाट खुशी नभएकाहरुका लागि नयाँ साथी खोजिदिने एप आएको छ । ‘ग्लीडेन’ ऐप नामको यो एक डेटिङ एप हो । यसको एक वेवसाइट पनि छ । यो ग्लीडेन एप र वेवसाइट प्रयोग गर्ने संसारभरीको प्रयोगकर्ताको संख्या ४९ लाख भन्दा बढी छ । यसमध्ये ५ लाख भारतीय छन् । जसमा ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष छन् । यो संसारकै पहिलो ‘एक्स्ट्रा म्यारिटल डेटिङ’ वेवसाइट र एप भएको ग्लीडेनको दाबी छ ।

महिलाहरुको लागि निशुल्क

ग्लीडेन एप एक्स्ट्रा म्यारिटल अफेयर्समा आधरित एक डेटिङ एप र वेवसाइट हो । जुन सन् २००९ मा सुरु भएको हो । यो एपले महिलाहरुको लागि निशुल्क गरेको छ । महिलाहरुले यो एप प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन । तर, पुरुषहरुको लागि ७५० देखि ९ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ । खासमा यो एप महिलाहरुको लागि नै तयार गरिएको हो ।

३७ प्रतिशत प्रयोगकर्ता बढे

ग्लीडेनको मार्केटिङ स्टे«टिजिस्ट सोलेन पैलेटले न्युज एजेन्सीलाई बताए अनुसार भारतीय महिलाहरुमा यस एपको लोकप्रियता एकदमै धेरै बढिरहेको छ । अघिल्लो बर्ष यस एपमा २५ प्रतिशत भारतीय महिलाहरु थिए । अहिले बढेर ३० प्रतिशत भएको छ । यसबाट अनुमान लगाउन सकिन्छ कि यस एप प्रयोग गर्नेमा महिलाहरुको संख्या बढ्दो छ ।

भारतमा अघिल्लो बर्ष सुप्रिम कोर्टले एक्स्ट्रा म्यारिटल अफेयर्सको अपराध मान्ने आइपिसीको धारा–४९७ को हटाएको थियो । त्यसपछि ग्लीडेनमा भारतीय प्रयोगकर्ताको संख्या बढेको पाइएको छ । अघिल्लो बर्ष भारतीय युर्जस १.२ लाख रजिस्टर्ड भएको थियो । अहिले एक बर्ष भन्दा कम समयमा ३७ प्रतिशत प्रयोगकर्ता बढेको हो ।

सोलेनले बताए अनुसार ग्लीडेन एप र वेवसाइटको प्रयोग गर्नको लागि पुरुष प्रयोगकर्तासँग पैसा लिने गरेको छ । ता की महिलाहरुलाई कुनै समस्या नहोस । यसको पछाडि पनि कारण रहेको उनले बताए । पैसा दिएर प्रयोग गर्ने पुरुष वास्तविक हुन्छन् र महिलाहरुलाई कुनै प्रकारको उत्पिडन गर्दैनन् । पुरुषहरु यसको प्रयोग गर्नको लागि पैसा तिर्नुपर्ने हुन्छ । जसबाट प्राइभेट च्याट, लाइभ च्याट, गिफ्ट र फोटो एल्बम जस्ता इन एप कम्युनिकेसनको प्रयोग गर्न सक्छन् ।

यो एप प्रयोग गर्ने प्रयोगकर्ताको सुरक्षाको पनि ध्यान राखिन्छ । फेक तस्बिर र टेक्स्टको हटाइन्छ । यसको साथै जसले नक्कली प्रोफाइल बनाउँछ वा आपत्तिजनक व्यवहार गर्छन उनको जाँच गरिन्छ । यस्तो पाइएमा उनीहरुलाई यो एपबाट प्रतिबन्धित गरिन्छ ।

Logo