काठमाडौको तिनकुनेमा ग्यास खानी उत्खननको कार्य सुरु

काठमाडौको तिनकुनेमा ग्यास खानी उत्खननको कार्य सुरु


काठमाडौं । सरकारले तिनकुने क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्खननको कार्य अघि बढाएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी रहेको पत्ता लागेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिनकुनेमा रहेको ग्यास उत्खननको प्रक्रिया अघि बढाएको हो ।

त्यसको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना रहेको बताए । उक्त क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परिक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाइ छ।

त्यसको विस्तृत विवरण चीनबाट आउना साथ सो क्षेत्रमा फलाम खानी संचालनमा ल्याउने सरकारी तयारीमा रहेको उनको भनाई छ । सरकारको योजना छ। मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको जनाए ।

काठमाडौंमा पानी निकाल्दा ग्यास आयो, पानीमाथि बल्यो आगो (भिडियोसहित)

Logo