काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञराज जोशी सर्वसम्मत चयन भएका छन्।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।
क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचिवमा रमेश क्षेत्री छन् ।
त्यस्तै सहसचिवमा बिष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन् ।
क्यान बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको बिशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, बिशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, बिशिष्ट अतिथि पुर्व केन्द्रिय उपाध्यक्ष तथा पुर्व अध्यक्ष सन्जय थापा, बिशिस्ट अतिथि पुर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरिको अतिथी तथा क्यान बर्दियाको पुर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारी सहितको उपस्थिति थियो ।
कार्यक्रममा बर्दियाका कर्णबहादुर बुढा क्षेत्रीलाई मोबाइल एप निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान कमाउन सफल एप डेभलपरका रुपमा सम्मान गरिएको छ । उक्त उद्घाटन सत्रको अध्यक्षता शिशिर नारायण श्रेष्ठले गरेका थिए ।





























प्रतिक्रिया