डिआईटी सोलुसन र आदिम नेशनल कलेजबीच आईटी क्षेत्रमा सहकार्य

डिआईटी सोलुसन र आदिम नेशनल कलेजबीच आईटी क्षेत्रमा सहकार्य

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डिआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इंटर्नशिप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

यो सहकार्यले शैक्षिक संस्था र व्यावसायिक क्षेत्रबीच रहेको दूरी घटाइ विद्यार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ ।

दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् । डिआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् ।

आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मिना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करियरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन्।

डिआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ। यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

समझदारीका मुख्य विशेषताहरूः

इंटर्नशिप कार्यक्रमः विद्यार्थीहरूलाई संरचित इंटर्नशिप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ।

रोजगारीका अवसरहरूः योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ। विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ।

सीप विकासः उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन्।

ज्ञान साझेदारीः नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ। कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ ।

यो सहकार्यले विद्यार्थीहरूलाई निम्न फाइदा पुग्नेछ:

प्रत्यक्ष परियोजनामा अनुभव

उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर

रोजगारीका लागि तयार हुने व्यावसायिक सीप

Logo