जापानमा यसरी बनाउँदैं छन्, नेपाली वैज्ञानिकले पहिलो भूउपग्रह (भिडियोरिपोर्ट)

जापानमा यसरी बनाउँदैं छन्, नेपाली वैज्ञानिकले पहिलो भूउपग्रह (भिडियोरिपोर्ट)


काठमाडौं । अब हामी पनि आफ्नै भूउपग्रहका मालिक बन्दैछौं । त्यसको लागि जापानमा नेपाली वैज्ञानिकहरु रातदिन लागि परेका छन् । वैशाखसम्ममा नेपालले आफ्नै पहिलो भूउपग्रह प्रक्षेपण गर्नेछ ।

‘नेपाल स्याट–वान’ नाम दिईएको भूउपग्रहको निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । नेपाली वैज्ञानिकहरुले चन्द्र सूर्य अंकित पहिलो नेपाली भूउपग्रह ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ परीक्षण सफलतापूर्वक सम्पन्न गरेका छन् ।

जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को प्रयोगशालामा ‘भाइब्रेसन’ र ‘भ्याकुम’ परीक्षण सफल भएको हो । यो सफलताले आगामी वैशाखमा आफ्नै पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्ने नेपालको योजना सफलता नजिक पुगेको छ ।

यसको सफलतापूर्वक परीक्षण गरिएको भूउपग्रह निर्माणमा सक्रिय नेपाली वैज्ञानिक आभाष मास्केको भनाई छ । जापानमा निर्माण गरेको यो नानो भूउपग्रह अमेरिकाको एक निजी कम्पनीको रकेटबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) मा पठाइनेछ । त्यसको करिब एक महिनापछि अन्तरिक्षमा छोडिने कार्यक्रम छ।

नेपाली विद्यार्थी मास्केले क्युटेकको बर्ड्स परियोजनाअन्तर्गत नानो भूउपग्रह निर्माण गरेका हुन्। उनी क्युटेकबाट भूउपग्रह प्रविधिमा विद्या वारिधि गर्दैछन् ।

पहिलो नेपाली भूउग्रह निर्माणको अगुवाइ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरिरहेको हो । जापानी मापदण्डअनुसार निर्माण भए–नभएको परीक्षण हुन बाँकी यो भूउपग्रहको प्रक्षेपणका लागि नास्टले २ करोड रुपैयाँखर्च गरेको छ ।

पृथ्वी सतहभन्दा ४ सय किलोमिटर माथि रहने यो भूउपग्रहले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ । त्योमध्ये ६० मिनेट उज्यालोतिर र ३० मिनेट अँध्यारोमा रहन्छ । ‘नेपालमाथिको आकाशमा यसले दिनमा चार फन्का लगाउनेछ ।

के गर्छ पहिलो भूउपग्रहले?
यो भूउपग्रहले अन्तरिक्षमा बढीमा एक वर्षसम्म काम गर्न सक्नेछ । ६ महिनादेखि १ वर्षसम्म यो राम्रोसँग चल्छ । कुनै कुनै नानो भूउपग्रह दस वर्षसम्म पनि काम गरेका उदाहरण छन् । यो अध्ययन सफल भयो भने भविष्यमा प्राकृतिक प्रकोपको समयमा पनि थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास नेपाली वैज्ञानिकहरुको अनुमान छ ।

नेपालले प्रक्षेपण गर्न लागेको पहिलो नानो भूउपग्रह निर्माण गर्न २ करोड रुपैयाँ नेपाल सरकारले उपलब्ध गराएको छ । नानो स्याटलाइट निर्माण गर्दा आवश्यक पर्ने यन्त्र उपकरण खरिद गर्न भन्दै सरकारले उक्त रकम उपलब्ध गराएको हो । बाँकी प्राविधिक सहयोग जापानले प्रदान गर्नेछ । ठूलो स्याटलाईट निर्माण गर्न एकदमै महंगो पर्छ । समय पनि धेरै खर्चिनुपर्छ ।

ठूलो स्याटलाईट निर्माण गर्दा करिब ६० अर्ब रुपैयाँ र १० देखि १२ वर्ष समय लाग्ने वैज्ञानिकहरुको अनुमान छ । अहिलेसम्म नेपालले अरु देशको स्याटलाइट प्रयोग गर्दै आएको छ ।

जसबाट वर्षेनी ३ अर्ब भन्दा बढी रकम विदेशीने गरेको छ । नेपालले विभिन्न देशको स्याटलाइटबाट बाढीपहिरो, हिमपहिरो, आगलागीजस्ता प्रकोपबारे जानकारी लिने गर्दछ । अब नेपालले बैशाखमा प्रक्षेपण गर्न लागेको नानो स्याटलाइटबाट ति सबै काम हुनेछन् ।

Logo