बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा जारी साफ च्याम्पियनशिप अन्तर्गत आज नेपाल र माल्दिभ्सबीच खेल हुदैछ । पहिलो सेमिफाइनल खेल आज दिउँसो पौने चार बजे हुँदैछ । "/>

जितेर आएको नेपाल र भाग्यले आएको माल्दिभ्सबीचको भिडन्त आज

जितेर आएको नेपाल र भाग्यले आएको माल्दिभ्सबीचको भिडन्त आज


बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा जारी साफ च्याम्पियनशिप अन्तर्गत आज नेपाल र माल्दिभ्सबीच खेल हुदैछ । पहिलो सेमिफाइनल खेल आज दिउँसो पौने चार बजे हुँदैछ ।

नेपाल, समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो खेलमा पाकिस्तानसँग २-१ अन्तरले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ४-०ले जित हात परेको थियो । त्यस्तै अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई २-० ले स्तब्ध पारेको थियो।

माल्दिभ्स भने गोलविहीन हुदै सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्सले दोस्रो खेलमा भारतलाई २-० ले नतिजा सुम्पिएको थियो। तर, पनि माल्दिभ्स गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अहिलेसम्म साफ च्याम्पियन्ससिपमा नेपाल माल्दिभ्ससँग ६ पटक भिडेको छ। जसमा चार खेल माल्दिभ्सले जितेको छ भने २ खेलबराबरीमा टुंग्गिएका छन्। पछिल्ला दुई सेमिफाइनलमा भने नेपालले माल्दिभ्सलाई ठूलो अन्तरले पराजित गरेको छ।सन् २०१६ मा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा ४–० र भारतमा भएको १२ औं सागको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

अहिलेसम्म नेपाल सेमिफाइनलसम्म पुगेको रेकर्ड मात्रै छ । जारी १२औं संस्करणमा नेपाल सेमिफाइनल पुगेको चौथो पटक हो। यसअघि सन् १९९९, २०११ र २०१३ मा नेपालको यात्रा सेमिफाइनलमा टुंग्गिएको थियो ।

Logo