मानिसको पुर्खा किकिक्तानिया माछा

मानिसको पुर्खा किकिक्तानिया माछा


एक जीवाश्मको अध्ययनबाट वैज्ञानिकहरूले पानीबाट पृथ्वीमा आएको पहिलो माछा एकैपटक पृथ्वीमा नगएको पाएका छन् । किकिक्तानिया नामको यो माछा आज पृथ्वीमा बसोबास गर्ने लाखौं प्रजातिको पुर्खा मानिएको छ । जसमा मानिस पनि पर्छन् । 

कन्वर्सेसन जर्नलमा प्रकाशित सो लेखमा अनुसन्धानकर्ताहरुका अनुसार लगभग ३६.५ मिलियन वर्ष पहिले किकिक्तानिया माछाहरूको समूहले पानी छोडी जमिनतर्फ बसोबास गरेको थियो । यी टेट्रापोडहरूका वंशजबाट उभयचर, चरा, छेपारो र स्तनपायी समेत गरी हजारौं प्रजातिहरू निस्किए । मानिसहरु पनि यी प्रजातिकै वंशज हुन ।

कसरी खोजिएको थियो किकिक्तानिया माछा

स्टीवर्ट र जस्टिन लम्बोर्गले सन् २०२० को मार्चमा क्यानडाको आर्कटिक चट्टानमा यो जीवको जीवाश्म फेला पारेका थिए । त्यतिबेला यो जिवाश्मको जिब्रो प्रष्ट रुपमा देखिन्थ्यो । अनुसन्धानकर्ताहरूले चट्टानको सीटी स्क्यान गर्दा उनीहरूले यो जीवाश्म मयूरको  प्वाँखमा लुकिरहेको अवस्थामा फेला पारेका थिए । 
 

Logo