ट्रेकिङ मजदूरलाई कल्याणकारी कोषमा भएको रकमबाट घर पठाउन टानको माग

ट्रेकिङ मजदूरलाई कल्याणकारी कोषमा भएको रकमबाट घर पठाउन टानको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गत चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ । लकडाउनले उद्योग तथा पर्यटन क्षेत्र प्रभावित बनेको छ । लकडाउनले गर्दा ट्रेकिङ क्षेत्रमा काम गर्ने मजदुरहरु पनि काठमाडौंमा रोकिएका छन् । काठमाडौंमा मजदूर रोकिंदा मजदूरलाई विभिन्न समस्या आउन थालेकाले उनीहरुलाई सुरक्षित तरिकाले घर पठाउन ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले माग गरेको छ । पछिल्लो समय लकडाउनको अवधि थप भइरहेको तथा खुलिहाले पनि पर्यटकीय गतिविधि बढ्न केहि समय लाग्ने देखिएकाले समस्यामा परेका मजदुरहरुलाई घर पठाउने व्यवस्था गर्न टानले माग गरेको हो ।

यो विपतको घडीमा घर जाने मजदूरका लागि आआफ्नो गन्तव्यसम्म पुर्याउने र काठमाडौंमै बस्न चाहनेहरुका लागि राहतको व्यवस्थापन गर्नु पर्ने टानको माग छ । त्यसका लागि पर्यटन बोर्डमा रहेको टिम्स कार्डको रकम मार्फत मजदूर कल्याणकारी कोषमा जम्मा भएको १० प्रतिशत रकमबाट मजदूरलाई घरमा पठाउने र उनीहरुलाई आवश्यक राहत दिन सकिने बताइएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले मजदूरलाई समस्या परेको बेला सहयोग गर्न बनाइएको कोषको रकम खर्चेर राहतको व्यवस्थापन गर्न सकिने बताए । उनले भने, नेपाल पर्यटन बोर्ड र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विषयमा ध्यान दिनु पर्छ । अहिले काठमाडौंमा करिब १ हजार ५ सय भन्दा बढी मजदूरहरु रहेका छन् । तीनीहरु मध्ये अधिकांश मजदूरहरु घर जान चाहेकाले उनीहरुलाई आवश्यक सहयोग गरिदिन पर्यटन बोर्डलाई सुवेदीले आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo