नेपालका हिमालहरु सुरक्षित र सफा छन्- पर्यटन मन्त्री भट्टराई

नेपालका हिमालहरु सुरक्षित र सफा छन्- पर्यटन मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभरी दिनुभपर्ने बताएका छन् ।

कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए । नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनकाे भनाइ छ ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनुपर्छ ।’

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरू महत्वपूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाई छ । अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए  ।

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।

Logo