भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आइतबार शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी भएको उल्लेख गरे । उनले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथअघि बढाइने उल्लेख गरे ।

मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे । उनले विद्यालय तथा शैक्षिक संस्थामा भ्रमण वर्षको लोगो तथा ब्यानरले सजाएर वातावरण सिर्जना गर्न पनि आह्वान गरेका थिए ।

Logo