‘पर्यटन क्षेत्रमा अनुसन्धान आवश्यक’- पर्यटन मन्त्री भट्टराई

‘पर्यटन क्षेत्रमा अनुसन्धान आवश्यक’- पर्यटन मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २२  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरू ल्याउन नसकिएको बताएका छन् ।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौति रहेको समेत बताए। त्यस्तै हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनिको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवस्यकता रहेको उनले बताए । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवस्यक व्यवस्था गर्ने समेत बताए।

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवस्यकता रहेको बताए । उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्न लागिएको बताउनुभयो ।

Skip This
Skip This
Logo