घुम्न निस्कदै हुनुहुन्छ ? हो भने यसो गर्नुहोस् (टिप्स)

घुम्न निस्कदै हुनुहुन्छ ? हो भने यसो गर्नुहोस् (टिप्स)

केन्द्रबिन्दु
0
Shares

यदि तपाई कतै घुम्न निस्कदैँ हुनुुहुन्छ ? यो भन्दा अगाडि कहिल्यै एक्लै यात्रामा निस्कनु भएको छैन भने धेरै कुरा थाहा नहुन सक्छ । यदि तपाई यात्रा गर्ने इच्छा पुरा गर्नुको साथै स्मार्ट ट्राभलर बन्न चाहनुहुन्छ भने यी कुुरा जान्न जरुरी छः

धेरै बुकिङ गर्नबाट बच्नुहोस्ः
पहिलो पटक यात्रा गर्ने क्रममा धेरैजसोले अगाडि नै बुकिङ गर्ने गर्छन् । होटल देखि ब्रेकफास्ट, लञ्च, डिनरसम्म पहिले नै बुकिङ गर्दा महंगो पर्न जान्छ । यदि अफ सिजनमा यात्राको लागि निस्कदैँ हुनुहुन्छ भने अनलाइनबाट बुकिङ गर्दा सस्तो र सजिलैसँग पाइन्छ ।

हरेक ठाउँमा ट्राभल एजेन्टको जरुरत हुँदैनः
ट्राभल एजेन्टले तपाई जाने ठाउँको बारेमा पुरै जानकारी त दिन्छ तर यदि तपाई आरामले यात्राको मज्जा लिन चाहनुहुन्छ भने हरेक ठाउँमा ट्राभल एजेन्टको अवोइड गर्नुहोस् । किनभने ट्राभल एजेन्टले सबै ठाउँको पुरै जानकारी दिनुभन्दा पनि छिटो–छिटो ठाउँहरुको कभर गर्नेको बारेमा सोच्छ । जसमा तपाईले यात्राको मज्जा लिन सक्नुहुन्न ।

लोकल मानिसबाट नडराउनुहोेस्ः
धेरैजसो घटनाहरुको बारेमा सुनेर वा देखेर तपाईलाई लाग्न सक्छ, नयाँ ठाउँको मानिसहरुसँग सुरक्षित महसुस हुँदैन । तर यस्तो सोच्नु बिल्कुलै गलत हो । उनीहरुसँग खुलेर कुरा गर्न सकियो भने त्यो ठाउँको बारेमा निकै जानकारी मिल्न सक्छ । साथै सस्तो राम्रो खाना र बस्ने ठाउँको बारेमा थाहा हुन्छ ।

घुम्ने ठाउँको लिस्ट बनाउनुहोस्ः
आफ्नो छुट्टिको हिसाबले घुम्ने प्लानिङ बनाउनुहोस् । नत्र सबै ठाउँ कभर गर्ने चक्करमा भागदौड मात्र हुन्छ र यात्राको मज्जा लिन सकिदैन । कुन ठाउँमा घुम्न जाने हो त्यसको वरिपरि कुन–कुन ठाउँ पर्छ त्यो कुराको जानकारी लिनुपर्छ ।

बजेटको प्लानिङ गर्नुपर्छः
यात्राको तयारी गर्दा हरेक चिजको योजना बनाएर हिड्दा राम्रो हुन्छ । त्यसमा पैसा त झन महत्वपूर्ण हुन्छ । एक्स्ट्रा पैसा पनि बोक्नुपर्छ । कहिलेकाहीं समस्या परेर खर्च सोचेको भन्दा बढि हुन सक्छ ।

अनावश्यक प्याकिङबाट बच्नुहोस् :
पहिलो पटक यात्रामा निस्कदैँ हुनुहुन्छ भने जति सकिन्छ त्यति कम प्याकिङ गर्नुहोस् । जसबाट यताउति जाँदा समस्या हुँदैन । कपडा, जुत्ता चप्पल, गरगहना प्याकिङ गर्दा दिनको हिसाबले होइन, जति आवश्यक हुन्छ त्यति बोक्नुपर्छ ।

धेरै किनमेलबाट बच्नुहोस्ः
घुम्नको लागि बाहिर निस्कदाँ अनावश्यक कुराहरु किनमेल गर्नबाट बच्नुपर्छ । यसबाट पैसा र समय दुवै बच्छ । बचेको समय अरु कुनै ठाउँ घुम्नमा प्रयोग गर्न सकिन्छ । साथै तपाईंको लगेजको तौल पनि बढि हुँदैन ।

Logo