कामीरिता शेर्पा २३ औं पटक सर्वोच्च शिखरमा

कामीरिता शेर्पा २३ औं पटक सर्वोच्च शिखरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बिख्यात आरोही कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आज बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् ।

२३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । पर्यटन विभाग सो कुराको पुष्टि पनि गरिसकेको छ । सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् । गतवर्ष जेठमा पनि उनले २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका थिए ।

Logo