उदयपुरको पौराणिक मान्यता बोकेको रौता पोखरी [तस्विरमा हेर्नुहोस्]

उदयपुरको पौराणिक मान्यता बोकेको रौता पोखरी [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
39
Shares

उदयपुर । रौता पोखरी पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा रहेको धार्मिक एवं पर्यटकीय स्थल हो। पछिल्लो समयमा पहाडी जिल्लाहरू खोटाङ्ग, ओखलढुङ्गा आदिको लागि अत्यावश्यक सामग्रीको कारोबार गर्ने व्यापारिक केन्द्रको रूपमा समेत यस क्षेत्रको विकास भएको छ।

सगरमाथा राजमार्गले जोडेका कारण गाईघाटबाट विभिन्न साधन मार्फत रौता पोखरीको आवतजावत गर्न सहज छ। सवारी साधनबाट नै उदयपुर सिमेन्ट उद्योगको खानी क्षेत्र सिँदाली पुगेर मनोरम दृष्यहरु अवलोकन गर्दै केही घण्टाको पैदल यात्रा गरेर पनि यहाँ पुग्न सकिन्छ। अन्य स्थानिय बाटोहरु पनि उपलब्ध छन।

खोटाङ्ग जिल्लाको बाराहा पोखरी, खोटाङ्ग जिल्लाकै क्षिता पोखरी र यस पोखरीलाई “तीन दिदीबहिनी” मानिन्छ। बाराहा पोखरीमा भ्यागुता पाइदैन भने रौता पोखरीमा माछा पाइदैन। धेरै उचाइमा रहे पनि यस पोखरीको पानी कहिल्यै पनि सुक्दैन। पोखरी वरिपरि प्रशस्त रुखहरु रहेका छन। यी रुखबाट झरेका पात पतिङ्गरलाई चराहरूले चुच्चामा च्यापेर आफ्नो गुँडमा लैजाने गर्छन।

प्रकृति निर्मित यस पोखरीका सात निकास (धारा) रहेका छन। त्रियुगा नदीको उद्गम स्थल यहीँ हो। सातमध्ये तीन धारा प्रवाहित भई बनेको नदी हुनाले त्रियुगा भनिएको हो। एक-एक धारा राँकुली र अँधेरी नदी बनेर सप्तकोशीमा समाहित हुन्छन। छैठौँ धारा बरुवा नामले बगेर गाईघाटको पश्चिममा त्रियुगा नदीमा समाहित हुन्छ। सातौँ धाराबाट हुल्मा उत्तरमा प्रवाह हुने हेमगंगा निर्माण हुन्छ जुन धार्मिक कोणबाट अत्यन्त पवित्र तीर्थ गंगा मानिन्छ।

Logo