स्यवम्भूनाथ काठमाण्डौ उपत्यकाको पश्चिममी अवस्थित एक प्रसिद्ध बौद्ध मन्दिर (स्तूप) हो। यसलाई महाचैत्य पनि भनिन्छ ।
उपत्यकामा पानी भरिएको बेला यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडलाई घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए । ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जईमाई पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ।
किम्बदन्ती
पुराण अनुसार, पहिले उपत्यका ठुलो तालको रूपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भू महाचैत्यलाई पर्यटकहरू (Monkey Temple) भनेर पनि सम्बोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बाँदरहरू पाइन्छन् । बोधिसत्त्व मञ्जुश्रीले एक पटक स्वयम्भूमा कमलको फूल देखेर पुजाआजा गरे ।
उनले त्यहाँ मानिसहरूको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाएर हाल काठमाडौँ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भू महाचैत्य स्तूप रहन गयो ।









































प्रतिक्रिया