भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

केन्द्रबिन्दु
27
Shares

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ ।

महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागिएके हो ।

आयोजनाको आज शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताएकी छन् । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्गहुँदै आवत–जावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताएकी हुन् ।

उनले भनिन, “तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।”

उक्त पार्क एवं खुल्ला चिडियाखाना बनाउन रु दुई करोड २३ लाख आठ हजार लागत लाग्ने भएको छ । सो क्षेत्रमा संग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने छन् ।

Skip This
Skip This
Logo