काठमाडौँ

आज शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ । "/>

आज काठमाडौंमा बृहत कोरा साइकल च्यालेन्ज हुँदै

आज काठमाडौंमा बृहत कोरा साइकल च्यालेन्ज हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आज शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ । यो र्यालीमा झन्डै तीन हजार साइकलप्रेमीहरु सहभागी हुने अपेक्षा गरिएको छ । शनिवार पाटन दरबार प्राङगणबाट बिहानीपखको मौसममा सहर नै ढाक्ने गरि साइकल यात्रीहरु सहभागी हुनेछन् ।

बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ । त्यस्तै ‘काठमाण्डौ कोरा साइकल च्यालेन्ज’ मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भु, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा हुने गरी यात्रा गरिन्छ । यस्तो र्याली आठ वर्ष देखि हुँदै आएको छ।

‘काठमाण्डौ कोरा’ मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ । ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ । यसमा नव प्रवेशी हुन्छन् । ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन् ।

पाटन दरबारबाट शुरु हुने यात्राको रुटमा किर्तिपुर, चोभार, नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरु हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगिनेछ ।

साइकल र्यालीका अभियन्ता रत्नराम श्रेष्ठ भन्छन्, ‘हरेक पटक साइकल र्यालीको प्रमुख उद्देश्य साइकलको माध्यमबाट उपत्यकाको शहरी जीवनबाट केही उन्मुक्ति, रिट्रिट र प्राकृतिक एडभेन्चरबाट शहरलाई साइकलसँग जोड्नु हो भने यस इभेन्टबाट कुनै सामाजिक कार्यको लागि फण्ड उठाउनु पनि हो ।’
नागरिकबाट

Logo