मनास्लु क्षेत्रमा घाईते भएका पर्यटकको उद्धार हुन सकेन

मनास्लु क्षेत्रमा घाईते भएका पर्यटकको उद्धार हुन सकेन

केन्द्रबिन्दु
15
Shares

गोरखा । बर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा ६ काठमाडौंका मिनुइन्द्र लम्सालको उद्धार हुन नसकेको हो ।

बिहीबार बिहान नौ बजेतिर सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ४ बुर नजिकै भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका हुन्। लम्साल सँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि घाईते भएका छन् ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा सडक सञ्जाल पुगेको छैन । लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ। झन् मौसम नखुलेका कारण त्यहाँ जान जोखिम हुने भएकाले मान्छेले बोकेर ल्याउन नसकेको र प्रतिकूल मौसमका कारण हेलिकोप्टर बाट उद्दार गर्न पनि नसकिएको डीएसपी राजकुमार श्रेष्ठको भनाईू छ ।

टाउकोमा गम्भिर चोट लागेकोले उनको बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचार गरिरहेको स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले जानकारी दिएकी छन् ।

Skip This
Skip This
Logo