मुस्ताङ । भारी हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । बुधबार बिहानदेखि कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएकाले दर्शनार्थीहरू कागबेनीमै रोकिएका छन्।
वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार, सडक अवरुद्ध भएकाले कतिपय भक्तजन घोडा चढेर मात्र मन्दिर पुग्ने प्रयासमा छन्। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले भने, “हिमपातअघि दैनिक ५०० भन्दा बढी पर्यटक आउँथे, अहिले उपस्थिती न्यून छ ।”
सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक पूजा–पाठमात्र सीमित रुपमा सञ्चालन हुनेछ । हिमपातपछि चिसो बढेको कारण दर्शनार्थीलाई ठंडीले जोखिम पनि हुन सक्छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, छुसाङदेखि कोरला सडकसम्म दुई फिट हिउँ जमेको छ । मौसम खुलेपछि मात्रै सडक सञ्चालनमा आउने मुस्ताङ प्रशासनले जनाएको छ ।































प्रतिक्रिया