उपल्लो डोल्पा, प्राकृतिक सौन्दर्यताको धनि (फोटोफिचर)

उपल्लो डोल्पा, प्राकृतिक सौन्दर्यताको धनि (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, चितुवा पाइने स्थान र अमूल्य जडीबुटीको भण्डार हो। सेताम्य हिमाल र भन्ज्याङले उपल्लो डोल्पाको सौन्दर्यलाई थप चम्काएको छ।

हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको उपल्लो डोल्पा समुद्री सतहबाट ४ हजार मिटर उचाइमा अवस्थित छ। यति उच्च स्थानमा रहे पनि यहाँ अन्नको उब्जनी राम्रो हुन्छ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ। माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि रुचाउने गर्छन्। डोल्पा सदरमुकाम दुनैबाट ५ दिनको पैदलयात्रापछि पुगिने यो ठाउँ शिक्षा, स्वास्थ्य, सूचना जस्ता राज्यको आधारभूत सुविधाबाट वञ्चित छ।

हामीले यसपटक त्यस क्षेत्रका केही रमणिय तस्बीरहरु प्रकाशित गरेका छौं।

तस्बीरहरुः न्युज कारखानाबाट

Skip This
Logo